साग खेलकुदको तयारीमा अल्ट्रा धाविका हुमा बुढामगर

साग खेलकुदको तयारीमा अल्ट्रा धाविका हुमा बुढामगर

काठमाडौँ - हुमी बुढामगर सातौं र आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको गोल्ड मेडलीष्ट हुन् । गएको केही महिना फर्सदमा रहेकी हुमी अहिले व्यस्त बनेकी छिन् । निजिकिदो १३ औं साग खेलकुद प्रतियोगिताको तयारीमा जुटेपछि उनलाई भेट्न समेत मुस्कील छ । उनको दैनिकी आजकाल ललितपुरको लगनखेलस्थित सैनिक ब्यारेक भित्र वित्ने गर्दछ । 

 

उनीसँगै हाल १० खेलाडी बन्द प्रशिक्षणमा छन् । उनीहरु गतवर्ष चैतमा सम्पन्न वृहत् आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जितेका विभिन्न समूहका खेलाडी हुन् ।