टी–२० क्रिकेट सिरीजका लागि नेपाली क्रिकेट टिम आज ओमान प्रस्थान

टी–२० क्रिकेट सिरीजका लागि नेपाली क्रिकेट टिम आज ओमान प्रस्थान

काठमाडौँ - ओमानमा हुने पाँच देश सम्मिलित त्रिकोणात्मक टी–२० क्रिकेट सिरीजका लागि नेपाली क्रिकेट टिम आज ओमान प्रस्थान गर्ने भएको छ । हाल  सिगापुरमा रहेको नेपाली टिम उतैबाट ओमान जान लागेको हो । नेपाली टिम सिंगापुरबाट दिउँसो ३ बजे ओमान प्रस्थान गर्ने छ ।

नेपालले सिगापुरमा भएको त्रिकोणात्मक सिरीजमा चार खेलमा एक जित २ हार खेलेको थियो भने एक खेल बर्षाको कारण रद्द भएको थियो । अन्तिम खेलमा जित निकालेको भए नेपालको उपाधि जित्ने आशा जिवितै हुने थियो ।

सिंगापुरमा नेपालले पहिलो खेलमा जिम्बावेसँग ५ विकेटको हार ब्यहोरेको थियो भने दोस्रो खेलमा घरेलु टिममाथि ९ विकेटको सानदार जित निकालेको थियो । यस्तै तेस्रो खेलमा नेपाल फेरी जिम्बावेसँग नै ४० रनले हारेको थियो । अब नेपालले ओमानमा खेल्ने सिरिजमा नेपालसहित घरेलु टोली ओमान, हङकङ, आयरल्याण्ड र नेदरल्याण्डले खेल्ने छन् । नेपालले पहिलो खेलमा १० तारिखमा घरेलु टोली ओमानसँग खेल्ने छ ।