च्याम्पियन्स लिग फुटबलमा इन्टरमिलानमाथि बार्सिलोनाको जित

च्याम्पियन्स लिग फुटबलमा इन्टरमिलानमाथि बार्सिलोनाको जित

काठमाडौँ - युएईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा स्पेनिस क्लब बार्सिलोनाले जित निकालेको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले इटालियन क्लब इन्टर मिलानलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा सुरुवाती अग्रता उल्टाएर बार्सिलोनाले जित निकालेको हो । बार्सिलोनाको जितमा लुइस स्वारेज नायक बने । दुवै गोल स्वारेजले गरे । च्याम्पियन्स लिगमा यो बार्सिलोनाको पहिलो जित हो । जितसँगै समूह ‘एफ’ को बार्सिलोनाले २ खेलमा ४ अंक जोडेको छ ।

बार्सिलोना तालिकाको दोस्रो स्थानमा छ ।  समूहमा ४ अंक जोडेको डर्टमण्ड शीर्ष स्थानमा रहेको छ । १ अंक जोडेको स्लाभिया पुछारमा रहेको छ ।