युरो कप छनोटमा फ्रान्सले एन्डोरालाई ३–० गोल अन्तरले हरायो

युरो कप छनोटमा फ्रान्सले एन्डोरालाई ३–० गोल अन्तरले हरायो

काठमाडौँ, २५ भदौ - युरो कप छनोटमा फ्रान्सले एन्डोरालाई ३–० गोल अन्तरले हराएको छ । समुह एचको खेलमा ग्रिजम्यानले पेनाल्टी खेर फालेपनि फ्रान्सले एन्डोरालाई हराएको हो । किंग्सले कोमनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । क्लेमेन्ट लेङ्लेटले ५२ औ मिनेटमा फ्रान्सको अग्रता दोब्बर पारे । त्यस्तै येडरले खेलको ईन्जुरी समयमा गोल गर्दै फ्रान्सलाई सहज जित दिलाए ।

फ्रान्स ६ खेलबाट १५ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानको टर्कीको समेत समान १५ अंक छ । एन्डोरा अंक विहिन हुदै तालिकाको पुछारमा छ । यसैबीच विश्वकप छनोट अन्तर्गत नै इंग्ल्याण्डले कोसोभोलाई ५–३ ले पराजित गरेको छ ।