रोनाल्डोको ४ गोल मद्दतमा पोर्चुगलको फराकिलो जित

रोनाल्डोको ४ गोल मद्दतमा पोर्चुगलको फराकिलो जित

काठमडौँ २५ भदौ - क्रिस्टियानो रोनाल्डोको चार गोलको मद्दतमा पोर्चुगलले युरो कप छनोटमा शानदार जित निकालेको छ । पोर्चुगलले लिथुनियालाई ५–१ गोल अन्तरले हराएको हो । पोर्चुगलका लागि अर्को गोल विलियन कार्भाल्होले गरे ।

खेलको सातौ मिनेटमा रोनाल्डोले पोर्चुगललाई अग्रता दिलाएका थिए । २८ औ मिनेटमा घरेलु टोली लुथानियका लागि विसियसले बराबरी गोल फर्काए । ६१ औ मिनेटमा रोनाल्डोले पुनः पोर्चुगललाई अग्रता दिलाए । त्यसको चार मिनेटमा उनले ह्याट्रिक पुरा गरे । ७६ औ मिनेटमा उनले पोर्चुगललाई ४–१ को स्थितीमा ल्याएका थिए । दोस्रो हाफको ईन्जुरी समयमा कार्भाल्होले गोल गर्दै पोर्चगललाई फराकिलो जित दिलाए ।

यो संगै रोनाल्डोले पोर्चुगलबाट ९३ अन्तराष्ट्रिय गोल पुरा गरेका छन् । ३४ बर्षका रोनाल्डोले आठ अन्तराष्ट्रिय ह्याट्रिक समेत पुरा गरेका छन् । समुह बीको दोस्रो स्थानमा रहेको पोर्चुगलले ४ खेलबाट ८ अंक जोडेको छ । समुहमा एक अंक जोडेको लिथुनिया तालिकाको पुछारमा छ । समुहमा युक्रेन ५ खेलबाट १३ अंक सहित शीर्ष स्थानमा छ ।