भृकुटीमण्डपमा फर्निचर तथा फर्निसिङ सामग्रीहरुको प्रदर्शनी सुरु

भृकुटीमण्डपमा फर्निचर तथा फर्निसिङ सामग्रीहरुको प्रदर्शनी सुरु

काठमाडौँ, २५ भदौ - काठमाडौं भृकुटीमण्डपमा फर्निचर तथा फर्निसिङ सामग्रीहरुको प्रदर्शनी सुरु भएको छ । नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघ तथा नेपाल चेम्बर अफ कमर्शको संयोजनमा सुरु भएको प्रदर्शनीको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नुभयो । महासंघका अध्यक्ष रुपेश प्रधानले नेपाल सरकारसँग फर्निचर व्यवसायमैत्री वातावरण बनाउन आग्रह गर्नु भयो । 

स्वदेशी तथा विदेशी गरी एक सय २० वटा स्टल रहेको प्रदर्शनीले नेपालको फर्निचर व्यवसायको बजारीकरणका महत्वपूर्ण योगदान पु-याउने अपेक्षा गरिएको छ । ‘फर्निचर तथा फर्निसिङ एक्स्पो’ नाम दिइएको प्रदर्शनी पाँचदिन चल्नेछ ।