सरकारले एलपी ग्याँस पनि छिट्टै सहुलियत दरमा उपलब्ध गराउने

सरकारले एलपी ग्याँस पनि छिट्टै सहुलियत दरमा उपलब्ध गराउने

काठमाडौँ, २५ भदौ - सरकारले एलपी ग्याँस पनि छिट्टै सहुलियत दरमा उपलब्ध गराउने तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले निम्न आय भएका उपभोक्ताहरुलाई  सहुलियत दरमा खाना पकाउने ग्यास पनि उपलब्ध गराउने तयारी भईरहेको जानकारी गराउनु भयो ।

आज काठमाडौंमा नेपाल एलपी ग्याँस उद्योग संघको २४ औं वार्षिक साधारण सभा उद्घाटन गर्दै उहाँले बिपन्न नागरिकलाई सहुलियत दरमा ग्याँस उपलब्ध गराउन सम्बन्धित निकायसँग छलफल भईरहेको पनि स्पष्ट पार्नु भयो ।

मन्त्री यादवले जनताको पक्षमा काम गर्दा कानुनी जटिलता हुने थपिने गरेको उल्लेख गर्दै ती समस्या समाधान गरेर जान पनि सरकार तयार रहेको बताउनु भयो । मन्त्री यादवले व्यवसायीहरुसँग मिलेर सरकारले एलपी ग्याँसको आपूर्ति व्यवस्थालाई सहज ढंगले अघि बढाईरहेको दावी पनि गर्नु भयो ।