नादेझ्दा कप फुटबलमा नेपाल आज ताजकिस्तानसँग प्रतिस्पर्धा गर्दै

नादेझ्दा कप फुटबलमा नेपाल आज ताजकिस्तानसँग प्रतिस्पर्धा गर्दै

काठमाडौँ, २३ भदौ - किर्गिस्तानमा जारी नादेझ्दा कप फुटबलको दोस्रो खेलमा नेपालले आज ताजकिस्तानसंग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा घरेलु टोली किर्गिस्तानलाई हराउँदै शानदार सुरुवात गरेको नेपालले दोस्रो खेलमा ताजकिस्तानसंग खेल्न लागेको हो । पहिलो खेलमा उज्वेकिस्तानसंग भने ताजकिस्तान १२–० गोल अन्तरले पराजित भएको थियो । सोही अनुसार ताजकिस्तानविरुद्व मैदान उत्रदै गर्दा नेपालले फराकिलो जितको अपेक्षा गर्नेछ ।

नेपाल दोस्रो खेलमा जित निकाल्दै प्रतियोगिताको फाईनल नजिक पुग्न चाहन्छ । आसन्न सागको तयारीमा रहेको नेपालले प्रतियोगितालाई प्रर्दशन सुधार गर्ने अवसरको रुपमा लिएको छ । पहिलो खेलमा उच्च प्रर्दशन गरेकी सावित्रा भण्डारीले पुन एक पटक सबैको नजर खिच्नेछिन् । उनले पहिलो खेलमा ह्याट्रिक सहित चार गोल गर्न सफल भएकी थिईन् । नेपालले लिगको अन्तिम खेलमा उज्वेकिस्तानसंग खेल्नेछ । राउण्ड रोबिन लिगका आधारमा शीर्ष दुई टिम उपाधिका लागि भिड्नेछन् । यसअघि आइतबारको खेलमा नेपालले किर्गिस्तानलाई ८–२ ले हराएको थियो ।