सिरिजको चौथो टेष्टमा अष्ट्रेलिया विजयी

सिरिजको चौथो टेष्टमा अष्ट्रेलिया विजयी

काठमाडौँ, २३ भदौ - एसेज सिरिजको चौथो टेष्टमा अष्ट्रेलियाले ईङ्ल्याण्डलाई १ सय ८५ रनले हराएको छ । तिव्र गतिका बलर प्याट कमिन्सले शानदार बलिङ प्रर्दशन गर्दै ४३ रन दिएर ४ विकेट लिएपछि अष्ट्रेलियाले ओल्ड ट्राफोर्ड मैदानमा ठुलो जित निकाल्न सफल भएको हो । जितसंगै सिरिजमा अष्ट्रेलिया २–१ ले अघि बढेको छ । पाँचौ तथा अन्तिम खेलमा ईङ्ल्याण्डले जिेते सिरिज २–२ मा सकिनेछ । अन्यथा सिरिज अष्ट्रेलियाको पोल्टामा जानेछ ।

अष्ट्रेलियाले आफ्नो पहिलो पारीमा ८ विकेट गुमाएर ४ सय ९७ रन बनाएको थियो । ईङ्ल्याण्ड पहिलो पारीमा ३ सय १ रनमा अलआउट भएपछि अष्ट्रेलियाले १ सय ९६ रनको अग्रता लिषे । अष्ट्रेलियाले दोस्रो पारीमा ६ विकेट गुमाएर १ सय ८६ रन बनाउँदै पारी समाप्तीको घोषणा गरेको थियो । ३ सय ८३ रनको लक्ष्य पछ्याएको घरेलु टोली इंग्ल्याण्ड ९१ दशमलव ३ ओभरमा १ सय ९७ रनमा अलआउट भएपछि अष्ट्रेलियाको जित सुनिश्चित भएको हो । पहिलो पारीमा २ सय ११ रन तथा दोस्रो पारीमा ८२ रन बनाएका अष्ट्रेलियाका ब्याट्सम्यान स्टिभ स्मिथ म्यान अफ दि म्याच चुनिएका छन् ।