विश्वकप छनोट अन्र्तगत नेपालले आज चाइनिज ताइपेविरुद्ध खेल्दै

विश्वकप छनोट अन्र्तगत नेपालले आज चाइनिज ताइपेविरुद्ध खेल्दै

काठमाडौँ, २४ भदौ - विश्वकप छनोट अन्तर्गत नेपालको राष्ट्रिय फुटबल टिमले आज चाईनिज ताईपेसंग प्रतिस्पर्धा गर्दैछ । समुह चरणको दोस्रो खेलमा नेपालले तुलनात्मक रुपमा सहज मानिएको प्रतिद्वन्दी ताईपेसंग खेल्न लागेको हो । पहिलो खेलमा कुवेतसंग ७–० को लज्जास्पद पराजय भोगेको नेपाललाई लयमा आउन ताइपेविरुद्वको खेल महत्वपुर्ण छ । नेपालले गत जेठमा भएको मैत्रीपूर्ण खेलमा ताईपेसग १–१ गोलको बराबरी खेलेको थियो ।

नेपाली टिमका मुख्य प्रशिक्षक योहान कालिनले ताइपेविरुद्ध जितका लागि खेलिने बताएका छन् । फिफा वरियतामा नेपाल १ सय ६६ औं स्थानमा रहेको छ भने ताइपे १ सय २५ औं स्थानमा छ । नेपालले अघिल्लो खेलको गल्ती सुधारेर खेल जित्ने रणनीति लिएको छ । नेपाल र चाइनीज ताइपेबीचको खेल नेपाली समयअनुसार ४ बजेर ५५ मिनेटपछि सुरु हुनेछ ।