सिंगापुरको नेशनल युनिभर्सिटि अस्पतालमा प्रधानमन्त्री ओलीको उपचार सुरु

सिंगापुरको नेशनल युनिभर्सिटि अस्पतालमा प्रधानमन्त्री ओलीको उपचार सुरु

काठमाडौँ, ८ भदौ - प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य उपचार सिंगापुरको नेसनल युनिभर्सिटि अस्पतालमा सुरु भएको छ ।प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार प्लाज्मा फेरेसिस प्रक्रियामार्फत प्रधानमन्त्री ओलीको उपचार थालिएको हो । प्रधानमन्त्री ओलीको मिर्गौलामा एन्टीबडीको मात्रा बढेको बताइएको छ ।

मिर्गौलामा यसरी बढेको एन्टीबडी कम गर्न प्लाज्मा फेरेसिस् उपचार पद्दति अपनाइएको प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्यासिंह शाहले जानकारी दिनुभयो । चिकित्सकका अनुसार, प्लाज्मा फेरेसिस उपचार विधि सुरुमा ३ पटकसम्म गरिन्छ । त्यसपछि पनि एन्टिबडीको मात्रा नघटेमा त्यसलाई बढाएर ६ पटकसम्म गर्नुपर्छ ।

शुक्रबार पहिलोपटक यो प्रक्रिया थालिएकाले उपचारका लागि अझै केही समय लाग्ने निश्चित छ । १२ वर्ष अगाडि मृगौला प्रत्यारोपण गराउनुभएका प्रधानमन्त्री ओली चिकित्सकको सल्लाहअनुसार उपचारका लासिग गत बिहीबार सिंगापुर प्रस्थान गर्नुभएको थियो ।