बेलायतले अमेरिका चीन बीचको व्यापार विवादका बिषयमा चासो

बेलायतले  अमेरिका चीन बीचको व्यापार विवादका बिषयमा चासो

काठमाडौँ, ८ भदौ - बेलायतले  अमेरिका चीन बीचको व्यापार विवादका बिषयमा चासो देखाएको छ । फ्रान्स भ्रमणमा रहेका बेलायती प्रधानमन्त्री बोरिस जोनसनले जस्तालाई तस्तै भन्ने भावले दुई शक्तिशाली अर्थतन्त्रबीच देखिएको व्यापार विवादले विश्व अर्थतन्त्रलाई प्रभावित पारिरहेको भन्दै चासो व्यक्त गर्नु भएको हो ।

बदलाको भावले दुई मुलुकले आ– आफ्नो तर्फबाट करवृद्धि गरी व्यापारमा संरक्षणवादी नीतिलाई अघि सार्दा विश्व अर्थतन्त्रमा समस्या आएको बताउनु भएको हो । बियरिट्समा हुन लागेको जी –सेभेन राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन जाने क्रम्मा विमानभित्रै सञ्चारकर्मीहरुसंग भएको कुराकानीमा प्रधानमन्त्री जोनसनले चीन अमेरिका बीचको व्यापार विवादको बिषयले आफूलाई निकै चिन्तित तुल्याएको धारणा राख्नु भएको थियो ।

यसको प्रभाव बेलायतलाई पनि पर्न सक्ने खतरा रहेको र यस्तो खतरा मोल्न आफ्नो देश नचाहेको प्रधानमन्त्री जोनसनले स्पष्ट पार्नु भयो । संसारका शक्तिशाली अर्थव्यवस्था भएका मुलुकहरुको व्यापार विवाद लामो समय चल्न नहुने उहांको भनाई छ । व्यापार विवादले कसैलाई पनि फाइदा नपुग्ने प्रधानमन्त्री जोनसनको धारणा छ ।