लभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार तेस्रो जित

लभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार तेस्रो जित

काठमाडौँ, ८ भदौ - लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार तेस्रो जित हासिल गरेको छ । शनिबार भएको खेलमा आर्सनललाई ३–१ गोल अन्तरले पराजित गर्दै लिभरपुलले तेस्रो जित दर्ता गरेको हो । घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन मोहम्मद सलाहले दुई गोल गरे । त्यस्तै जोएल माटिपको नाममा एक गोल रह्यो ।

आर्सनलका लुकास ट्रोरिराले एक गोल फर्काए । जितसँगै लिभरपुलले ३ खेलबाट शतप्रतिशत नतिजासहित ९ अंक जोडेको छ । लिभरपुल लिगको शीर्ष स्थानमा रहेको छ । आर्सनलको यो पहिलो हार हो ।  आर्सनलले ३ खेलबाट ६ अंक जोडेको छ । आर्सनल लिगको दोस्रो स्थानमा रहेको छ  । 

उता, साविक विजेता युभेन्ट्सले इटालियन सिरी ‘ए’ फुटबलमा विजयी सुरुवात गरेको छ । शनिबार भएको सिजनको पहिलो खेलमा पर्मालाई १–० गोल अन्तरले पराजित गर्दै युभेन्ट्सले सुखद सुरुवात गरेको हो । युभेन्ट्सको साँघुरो जितमा जर्जियो चिलीनीले निर्णायक गोल गरे । खेलको २१ औं मिनेटमा चिलीनीले गोल गर्दै युभेन्ट्सलाई ३ अंक दिलाएका हुन् । खेलमा क्रिस्टियानो रोनाल्डोले गोल गरेको भएपनि रेफ्रीले त्यसलाई अफसाइड घोषणा गरेका थिए ।