राजस्व छली गर्ने विरुद्ध राजस्व मुद्दा दायर

राजस्व छली गर्ने विरुद्ध राजस्व मुद्दा दायर

काठमडौँ,८ भदौ - राजस्व छली गर्ने विरुद्ध राजस्व अनुसन्धान विभागले आधा अर्ब रूपैयाँको बिगो दाबी गरेर मुद्दा दायर गरेको छ । काठमाडौँ ८ भदौ यो साता २४ जना विरुद्ध ४९ करोड ३६ लाख रूपैयाँ बिगो दाबी गरेर मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार सुन चोरी, विभिन्न मालवस्तु चोरी पैठारी गरी राजस्व चुहावट र विदेशी विनिमय अपलचन आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो ।

राजस्व छलीका घटना बढेकाले अनुसन्धान गरी ४९ करोड ३६ लाख रूपैयाँ बिगो दाबी गरेर मुद्दा चलाएको विभागका उपमहानिर्देशक ध्रुब घिमिरेले बताउनुभयो । राजस्व चुहावट ऐनको दफा २३ को उपदफा २ अनुसार सजाय माग दाबी गर्दै मुद्दा दायर गरिएको हो ।