लामिछानेविरुद्ध सरकारी वकिलले अभियोगपत्र दायर गर्ने तयारी

लामिछानेविरुद्ध सरकारी वकिलले अभियोगपत्र दायर गर्ने तयारी

काठमाडौँ, ८ भदौ - पत्रकार पुडासैनी साउत गत साउन २० गते नारायणगढस्थित कंगारु होटलमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । पुडासैनीले आत्महत्या गर्नुपुर्व खिचेको भिडियोका आधारमा रवि लामिछाने, युवराज कँडेल र रुकु कार्कीले आफुलाई मर्न बाध्य पारेका बताएका थिए । उक्त भिडियोको आधारमा तीन जनालाई अनुसन्धानका लागि भन्दै प्रहरीले गत हप्ता पक्राउ गरेको थियो । लामिछानेविरुद्ध सरकारी वकिलले अभियोग पत्र दायर गर्ने तयारी गर्दैछ ।

स्रोतका अनुसार आइतबार ११ बजे अदालतमा मिसिल पेश गर्ने तयारी भएको छ । पत्र दायरसँगै भोलिदेखि सरकारी वकिल र लामिछानेलगायत वकिलबीच बहस सुरु हुनेछ । बहस पश्चात लामिछाने रिहा हुने नहुने निर्णय हुने बारे एक जिल्ला अदालतका एक न्यायधीशले जानकारी दिएका छन् ।