गाईजात्रा दिवंगत आत्मालाई सम्झना गर्दै मनाइयो

गाईजात्रा दिवंगत आत्मालाई सम्झना गर्दै मनाइयो

काठमाडौँ, ३१ साउन - नेपालका मौलिक पर्वमध्ये गाईजात्रा लोकप्रिय पर्व हो । गाईजात्रा नेवारी संस्कृतिबाट सुरु भएको पर्व भएतापनि व्यङ्गय गर्ने दिनको रुपमा पनि परिचित रहेको छ । गाईजात्रामा नेवार समुदायमा पितृ गुणको सम्झनामा गाईको रुप धारण गरी टोलटोलमा घुम्ने गर्दछन् । यो पर्वको दिन नेवारी टोल टोलमा भजन कीर्तन पनि गरिन्छ ।