नेपालमा पहिलो प्रस्तुती 'भागवत दर्शन ' टेलिसिरियल प्रसारणमा आउदै

नेपालमा पहिलो प्रस्तुती  'भागवत दर्शन ' टेलिसिरियल प्रसारणमा आउदै

काठमाडौं ,२८ साउन - नेपालमा पहिलो प्रस्तुतीको रुपमा   भागवत दर्शन नामक धार्मिक टेलिसिरियल प्रसारणमा आउने भएको छ ।

काठमाडौंको  जमल नाचघरमा साउन २७ गते भएको  एक कार्यक्रममा भागवत दर्शन प्रा।लि को प्रस्तुतिमा रहेको यस टेलिसिरियल शो प्रदर्शन गरिएको थियो ।  टेलिसिरियल  छिटै नै टेलिभिजनबाट प्रसारणमा आउदै छ ।

भागवत दर्शन प्रा.ली को ब्यानरमा निर्माण गरिएको भागवत दर्शनलाई क्यामरामा मुकेश घिमेरेले दिनु भएको छ । यस सिरियलमा उत्तम अधिकारी, अरविन्द चौधरि,  वेद नेपाल दिपक चौधरि, स्याम अधिकारी, शुशिला थापा, सिताराम खत्रि, खेम खनाल भरत थपलिय ,राम थापा लगायतको मुख्य भुभिका रहेको छ ।