साफ यू–१८ : प्रारम्भिक चरणमा ३० खेलाडी छनोट

साफ यू–१८ :  प्रारम्भिक चरणमा ३० खेलाडी छनोट

काठमाडौँ, २८ साउन - काठमाडौंमा आयोजना हुने तेस्रो संस्करणको साफ यू–१८ च्याम्पियनसिप फुटबलका लागि नेपालले प्रारम्भिक चरणमा ३० खेलाडी छनोट गरेको छ । आज मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले यसअघि देखि अभ्यासमा रहेको ४६ जना खेलाडीबाट १६ जना खेलाडीलाई घर फर्काउँदै ३० जना खेलाडी छनोट गरेका हुन् ।

शसस्त्र प्रहरी बलको हलचोकस्थित मैदानमा हुने खेलमा नेपाली युवा टोलीले जीत हात पार्ने लक्ष्यसहित अभ्यास गरिरहेको प्रशिक्षक श्रेष्ठले बताएका छन् । साउन १९ गतेदेखि जावलाखेलमा अभ्यास शुरु गरेको युवा टोलीको सुरुवाती १० दिनको अभ्यासमा प्रशिक्षक श्रेष्ठ सन्तुष्ट छन् । साउन १९ गतेदेखि जावलाखेलमा अभ्यास शुरु गरेको युवा टोलीको सुरुवाती १० दिनको अभ्यासमा प्रशिक्षक श्रेष्ठ सन्तुष्ट छन् ।

नेपाली युवा टोली अन्तर्गत गोलरक्षकमा विशाल सुनार, रोहित कार्की, सुर्य अधिकारी र पुजन होना रहेका छन् । डिफेन्डरमा बिशाल बस्नेत, रन्दिप पौडेल,पदम भट्टराई, अशिम गुरुङ, सुजन शर्मा, नविन गुरुङ, रोहन दोङ, विश्रान्त बस्नेत, एरिक लिम्बु, र एन्जल महर्जन छन् । मिडफिल्डरमा शिशिर लेखी, दिपेश गुरुङ, रोशन राना मगर, रन्जन पुन, आकाश बुढा मगर, रेजिन माझी, जया गुरुङ, मनिष थापा, कुशस पौडेल र नितिन थापा छनोट भएका छन् । फरवार्ड टोलीमा ब्रिजेश चौधरी, साचु गुरुङ, निरज चौधरी, कैलाश लामिछाने, दर्शन गुरुङ र मनिष डांगी छनोट हुन सफल भएका छन् ।