त्रिशुलीमा बस खस्दा ज्यान गुमाउनेको संख्या ४ पुग्यो

त्रिशुलीमा बस खस्दा ज्यान गुमाउनेको संख्या ४ पुग्यो

काठमाडौं, २४–साउन– पृथ्वी राजमार्ग अन्तरगत धादिङको सलाङघाटबाट त्रिशुली नदीमा बस खस्दा ४ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । झण्डै ४० जना सवार बस त्रिशुलीमा खस्दा २० जनाभन्दा बढि हराइरहेको प्रहरीको अनुमान छ ।

 

सर्लाहीको मलंगवाबाट काठमाडौं आउँदै गरेको ना ६ ख ७४६९ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ सलाङघाटबाट त्रिशूली नदीमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए ।

 

घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र रेडक्रसकर्मीहरूले उद्दार गरिरहेका छन् । मृतकको सनाखत हुन सकेको छैन भने घाइतेको मलेखु सामुदायिक अस्पताल र गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।