उदयपुरमा ठुलो परिणामको लागुऔषध सहिद एक पक्रउ

उदयपुरमा ठुलो परिणामको लागुऔषध सहिद एक पक्रउ

उदयपुर, १४–साउन–  उदयपुरमा ठूलो परिमाणमा लागू औषध सहित एक युवा पक्राउ परेका छन । त्रियुगा नगरपालिका १३ असारीका अन्दाजी २३ वर्षिय मिलन खतिवडा ठूलो परिमाणको लागूऔषधसहित पक्राउ परेको हुन ।

त्रियुगा नगरपालिका ११ स्थित शिवालय टोलमा डेरा गरी बसेका खतिवडाको कोठाबाट हरियो रंगको प्लाष्टिको बाटा र टिनको दराज भित्र लुकाई छिपाई राखेको ठूलो परिमाणको लागूऔषध सहित पक्राउ परेको हो ।

उनको कोठाबाट नाइट्राभेट १६ पत्ता, स्पासो स्पोजीभन १३ पत्ता, रेस्कोकफ डिएस ४ बोतल, नोफिन १० एम्पुल, डाइजल्याब १० एम्पुल, फेनरागन १० एम्पुल बरामद भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बीर बहादुर बुढामगरले जानकारी दिए । पक्राउ पर्ने मिलनको कोठाबाट आईफोन १ थान, नोकिया मोबाइल १ थान समेत बरामद भएको एसपी बुढामगरले जानकारी दिए ।

पक्राउ परेका खतिवडाको कोठामा लागूऔषधको कारोबार हुन्छ भन्ने सूचनाका आधारमा पक्राउ गरिएको हो । उनलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ ।