निर्मलाको लागि न्याय माग्दै काठमाडौमा विशाल प्रदर्शन

निर्मलाको लागि न्याय माग्दै काठमाडौमा विशाल प्रदर्शन

काठमाडौँ — बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको लागि न्याय माग्दै शनिबार काठमाडौमा प्रदर्शन गरिएको छ । निर्मलाका आमाबुवासँगै अधिकारकर्मी, नागरिक अगुवा, पत्रकार, विद्यार्थी सहित सयौंले प्रदर्शन गरेका हुन् । ‘निर्मलाका निम्ति न्याय’ नाम दिइएको प्रदर्शनमा स्वस्फुर्त रुपमा सयौं सहभागी भएका थिए । 

 

निर्मलाका निम्ति न्याय, निर्दोषलाई यातना, दोषीलाई उन्मुक्ति ? लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।

‘निर्मलाका निम्ति न्याय’ माग्दै शनिबार देशका १९ स्थानमा प्रदर्शन भइरहेको छ ।