ग्रीनसिटीको अर्को मानवीय काम : मलद्वार नभएकी बालिकाको निःशुल्क शल्यक्रिया

ग्रीनसिटीको अर्को मानवीय काम : मलद्वार नभएकी बालिकाको निःशुल्क शल्यक्रिया

काठमाडौ - भनिन्छ, दैव पनि विपन्नकै घरमा आईलाग्छ । यस्तै समस्या आईलाग्यो दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ शिवहरि योगी र लक्ष्मी योगीको परिवारमा पनि । आठ बर्ष अघि घरमा छोरी जन्मिदा योगी परिवारमा जुन खुसी थियो, यथार्थ थाहा पाएपछि यो जोडी निराश बने । किनकि छोरीले खाना खाएपनि पाचनक्रिया पश्चात विसर्जनका लागि मलद्धार नै थिएन । 

 .......यो कुरा ग्रीनसिटी हस्पिटलका अध्यक्ष लोक बहादुर टण्डनले थाहा पाएपछि ग्रीन सिटीले अस्पतालमा झिकाई निःशुल्क अप्रेशन गरिदिएको छ । छोरीको मलद्धारको सफल शल्यक्रिया भएपछि रविनाका बुबा–आमाले छोरीले नयाँ जीवन पाएको बताउनुभयो । 

 

जन्मजात मलद्धार नभएको बच्चा जन्मिएपछि योगी दम्पतीलाई पर्नु पीर पर्यो । आखिर जन्म दिएपछि बचाउनु त पर्यो । यसै क्रममा उपचारका लागि बुटवल, पाल्पा र काठमाडौंका विभिन्न अस्पतालमा शल्यक्रियाका लागि प्रयास भएका थिए । तर पेटमा प्वाल पारेर दिसा निकाल्ने बाहेक अरु सफल शल्यक्रिया हुन सकेन । 

खाएको खाना निकाल्ने सम्म व्यवस्था भएपछि योगी दम्पती छोरीको सफल उपचार हुने आशा त्यागेर घरमै बसिरहनु भएको थियो । यो कुरा ग्रीनसिटी हस्पिटलका अध्यक्ष लोक बहादुर टण्डनले थाहा पाएपछि ग्रीन सिटीले अस्पतालमा झिकाई निःशुल्क अप्रेशन गरिदिएको छ । छोरीको मलद्धारको सफल शल्यक्रिया भएपछि रविनाका बुबा–आमाले छोरीले नयाँ जीवन पाएको बताउनुभयो । 

अस्पतालमा आइतबार आयोजित पत्रकार सम्मेलनमा अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले यस्तो खालको सेवा गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले ‘सेवा नै धर्म हो’ भन्ने मान्यताका साथ अस्पतालले विपन्न परिवारका बिरामीलाई निःशुल्क उपचारको व्यवस्था गर्दै आएको बताउनुभयो । यस्ता अनगिन्ती विरामीहरु छन्, जो पैसा तिरेर पनि उपचार सम्भव नभएका बिरामीहरुलाई निशुल्क उपचार गराएर नयाँ जीवन जिईरहेका छन् । 

 

रविना योगीको उपचार र शल्यक्रियामा संलग्न वरिष्ठ बालशल्य चिकित्सक डा. गेहराज दाहालले अबको छ महिनापछि रविनाले प्राकृतिक मलद्धारबाटै दिशा गर्न सक्ने बताउनुभयो । डा.दाहालको नेतृत्वमा एनेस्थेसियामा डा.आशिष अमात्य र स्टाफ नर्सहरूको टोलीले पाँच घण्टा लगाएर रविना योगीको मलद्धारको शल्याक्रिया गर्नुभएको हो । 

रविनाकी आमा लक्ष्मी योगीले छोरीको निशुल्क उपचार भएपछि आफूलाई साक्षत भगवान भेटिएको महसुस भएको बताउनुभयो । उहाँले आठ बर्षसम्म विभिन्न अस्पताल धाउँदा चार लाख बढी ऋण लागिसके पनि बच्चाको निशुल्क शल्यक्रिया भएपछि आफू त्यसैमा खुसी रहेको बताउनुभयो । 

ग्रीन सिटी अस्पतालले विपन्न परिवारका जटिल रोगीहरुको निशुल्क उपचार गर्दै आएको छ । अस्पतालले हाल सम्म १८ जनाको मुटुको निःशुल्क शल्याक्रिया गराईसकेको छ ।