तीजले समाजका हरेक तप्कालाई नजिक ल्याएको छ

तीजले समाजका हरेक तप्कालाई नजिक ल्याएको छ

लेखक – विश्वप्रकाश शर्मा

नेपाली हिन्दु महिलाको विशेष पर्व, हरितालिका तीज भन्नेबित्तिकै यसका दुुईटा पाटा छन् भन्ने बुझ्नु पर्छ । एउटा परम्परागत र अर्को परिवर्तित सन्दर्भको । यी दवै पाटालाई नकेलाएसम्म यसको मूल्यांकन अपुरै हुन्छ की ! 

आध्यात्मिक र परम्परागत पाटोको सन्दर्भमा यसलाई मान्ने र नमान्नेको मत विभाजन हुनसक्ला । तर, जसको जे मत रहेपनि त्यसप्रति सधैं मेरो सम्मान रहन्छ नै । तर पनि यसले महिला दिदी–बहिनीलाई एक किसिमको उर्जा र भावनाको साटासाट गर्ने र लामो समयसम्म भेट नभएका साथी–संगीसँग भेट्ने मौका दिएको छ । यस्ता अवसरमा एक आपसका दुःख–सुख साटासाट गरेर मन हलुका बनाएर मनलाई फुर्तिलो र ताजा बनाउन सकिन्छ । महिलाले जीवनमा उर्जा भर्ने योभन्दा समृद्ध परम्परा अर्को छैन । यो पर्वको यस्तो महत्वपुर्ण पक्षलाई हामीले जगेर्णा गर्नुपर्दछ । परम्परमा रहेका कतिपय नकारात्मक पाटाहरुलाई भने हामीले निरुत्साहित पनि गर्नपर्ने हुन्छ ।

परिवर्तीत पाटोलाई नियाल्ने हो भने अहिले छोरि चेलीहरु एक महिनादेखि रातो साडि लगाएर समुहमा भेला भई रहनुभएको छ । यसलाई धेरैले भड्कीलो पनि भनिरहनु भएको छ । मेरो बिचारमा यो बुुझाई एकजना महिलाले रातो साडि लगाएर चोक निस्कँदा भड्कीलो देख्ने मानसिकताको उपज मात्र हो भन्ने मलाई लाग्छ ।

सबैजनाले कुरीतिलाई हटाउने प्रयास मात्र गर्दा पनि कुरीति आफै बिलाएर जान्छ । अहिले हाम्रो समाजको एउटा तप्कामा तीजका बारे साझा दृष्टिकोण छ । अझ त्यो पनि नयाँ पुस्ता माझ । मलाई लाग्छ, अब हामीले तीजका बारेमा भ्रम मात्र पाल्न आवश्यक छैन । 

मेरो नजरमा उहाँहरु केही दिनदेखि एकै ठाउँमा भेला भएर मनोवैज्ञानिक र सामाजिक रुपले एक हुनु भएको छ । कोही कम्युनिस्ट, कोही काँग्रेसमा विभक्त भएका छैनन् । यो हाम्रो संस्कृतिको उदार पक्ष पनि हो । यो जात र त्यो जात नभनी बितेका समयका सम्पुर्ण बेमेलहरुलाई बिर्सिएर मनैदेखि एकताबद्ध हुनुुभएको छ । यसले समाजलाई धेरै नै फाईदा पुु¥याउँछ । यसले छोरी चेलीहरुमा मनोवैज्ञानीकरुप मै जागरण उत्पन्न गरिरहेको छ । यसले हानी पुु¥याउँदैन । खाली खर्चका सवालमा विवेक प्रयोग गरे झनै सुनमा सुुगन्ध थपिन्छ की । मेरो धारणामा तीजले महिलाहरुलाई सधैं एकताबद्धनै गराउँदै आएको छ ।

यसमा कुरितिका केही पाटाहरु पनि छन् । त्यसलाई नयाँ पुस्ताले निरन्तरता दिनु हुँदैन । स्वास्थको समेत ख्याल नगरि पानी समेत नखाई व्रत बस्ने जस्ता मान्यतालाई बदल्नसक्नु पर्छ । ‘पानी खानु भनेको श्रीमानको रगत खानु हो । श्रीमानको खट्टाको पानी खानुपर्छ ।’ भन्ने जस्तो खराब परम्परागत सोचलाई हटाउनु पर्छ ।

अझ राम्रो र परिमार्जित रुपमा मनाउनु पर्छ

मेरो पनि विवाह भएको पहिलो बर्ष श्रीमतीले निराहार व्रत लिएकी रहिछन् । म बाहिरबाट आउँदा थाल लिएर मेरो खुट्टुाको पानी खान खोजिन् तर मैले उनलाई तत्काल रोकेँ । त्यसो गर्न दिइन । यो ५९ सालको कुरा हो । त्यसपछिका बर्षहरुमा उनले फलफुल, पानी खाएर व्रत बस्ने गरेकी छन् । खुुट्टाको पानी कहिल्यै खान दिन्न र उनले अब त्यतो गर्ने प्रयास पनि गर्दिनन् । खुशी लाग्छ ।

सबैजनाले कुरीतिलाई हटाउने प्रयास मात्र गर्दा पनि कुरीति आफै बिलाएर जान्छ । अहिले हाम्रो समाजको एउटा तप्कामा तीजका बारे साझा दृष्टिकोण छ । अझ त्यो पनि नयाँ पुस्ता माझ । मलाई लाग्छ, अब हामीले तीजका बारेमा भ्रम मात्र पाल्न आवश्यक छैन । 

तीजलाई त अझ राम्रो र परिमार्जित रुपमा मनाउनु पर्छ । यसले सामाजिकरुपमा सकारात्मक कार्य नै गरिरहेको छ ।  

सबैलाई हरितालिका तिजको अवसरमा मेरो शुुभकामना !

(लेखक नेपाली कांग्रेसका प्रवक्ता हुन् ।)