भावपूर्ण श्रद्धाञ्जली

भावपूर्ण श्रद्धाञ्जली

यही मिति २०७५/११/१५ गते ताप्लेजुङको दारेभीरमा भएको हेलिकोप्टर दुर्घटनामा परी यती एयरलाइन्सका प्रबन्ध निर्देशक एवं वरिष्ठ पर्यटन व्यवसायी आदरणीय दाई आङ छिरीङ शेर्पा दिवंगत भएको खबरले मर्माहत भएको छु । उहाँको असामयिक निधनले पर्यटन क्षेत्रमा अपूरणीय क्षति पुगेको छ । यस दुःखद घडीमा परिवारजनमा धैर्यधारण गर्न सक्ने शक्ति प्राप्त होस्, साथै उक्त दुर्घटनामा परी ज्यान गुमाउने संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी सहित दिवंगत सबैको आत्माको चीर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु ।

आङ काजी शेर्पा
अध्यक्ष - एभरेष्ट ब्रोडकास्टिङ