काठमाडौंको बौद्धमा कुलमान घिसिङको पुनर्नियुक्तिको माग गर्दै प्रदर्शन

काठमाडौंको बौद्धमा कुलमान घिसिङको पुनर्नियुक्तिको माग गर्दै  प्रदर्शन

काठमाडौँ  -  काठमाडौंको बौद्धमा कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुन र्नियुक्तिको माग गर्दै प्रदर्शन गरिएको छ । स्थानीय नागरिकले फेरि पनि कुलमानलाई निर्देशक बनाउनु पर्ने माग गर्दै पानीमै भिजेर प्रदर्शन गरेका छन् । आइतबार कार्यकाल सकिएका घिसिङले हिजो विद्युत प्राधिकरणबाट औपचारिक रुपमा बिदाइ लिएका छन् ।

सरकारले उनको ठाउँमा निमित्तलाई जिम्मेवारी दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली अनिच्छुक भएपछि घिसिङको पुनर्नियुक्ति हुन सकेको छैन । त्यसैले दबाब दिन भन्दै आफूहरुले प्रदर्शन गरेको स्थानीयले बताएका छन् ।