कुलमानका लागि यसकारण ओली नै भए ठुलो बाधक, कुलमान फर्काउन अब के गर्न सकिएला ? (भिडियोसहित)

कुलमानका लागि यसकारण ओली नै भए ठुलो बाधक, कुलमान फर्काउन अब के गर्न सकिएला  ? (भिडियोसहित)

काठमाडौँ  - आफ्नो चार वर्षे कार्यकालको अन्तिम दिन आइतबारसम्म काम गरेपछि  नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ सोमबारबाट सो पदबाट मुक्त भए । चार वर्षे कार्यकालमा जनताको अपार प्रशंसा बटुल्न सफल भएका घिसिङको बिदाई कार्यक्रम प्राधिकरणका कर्मचारीहरुले राखे । 

टाट पल्टेर रुग्ण बनेको बेला कुलमानले प्राधिकरणको नेतृत्व सम्हालेका थिए । उनकै कार्यकालमा प्राधिकरणले अपत्यारिलो ढंगबाट लय समात्न पुग्यो । टाट पल्टेको प्राधिकरणका कर्मचारीहरु अहिले राम्रो मुनाफा गर्ने संस्थाका कर्मचारीमा परिणत भए । तिनै कर्मचारीहरुले एक औपचारिक कार्यक्रम गरेर आफ्ना प्रबन्ध निर्देशक घिसिङलाई बिदाई गरे ।  थप जानकारीका लागि भिडियो हेर्नुहोस् ।