बल्खुका एक व्यवसायीले बढी मूल्यमा प्याज विक्री गरेको अभियोगमा पक्राउ

बल्खुका एक व्यवसायीले बढी मूल्यमा प्याज विक्री गरेको अभियोगमा  पक्राउ

काठमाडौँ   -  बढी मूल्यमा प्याज खरिद गरेको अभियोगमो बल्खुबाट एकजना व्यवसायीलाई पक्राउ गरेको छ । मंगलबारदेखि भारतले प्याज निर्यातमा रोक लगाएसँगै नेपालमा बढी मूल्यमा किनबेच हुन थालेको छ । काठमाडौं महानगरपालिकाको अनुगमन टोलीले सुनिल केसीलाई बढी मूल्यमा प्याज विक्री गरेको अवस्थामा फेला पारेर नियन्त्रणमा लिएको हो । 

उनको पसलबाट दुई सय ४० बोरा प्याज पनि बरामद गरिएको छ । अनुगमनका क्रममा वाणिज्य विभागले अन्य ७ वटा पसललाई हाजिर भएर जरिवाना तिर्न भन्दै पूर्जी काटेको छ । उनीहरुले एक सय ३० रुपैयाँ प्रतिकिलोमा प्यास विक्री गरेको पाइएको  छ । सोमबारसम्म प्याजको मूल्य प्रति किलो ७६ रुपैयाँ थियो ।