इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीको शानदार सुरुवात

इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीको शानदार सुरुवात

काठमाडौँ  - इङ्लिस प्रिमियर लिग फुटबलमा लण्डन क्लब चेल्सीले शानदार सुरुवात गरेको छ । खेलाडी सरुवा बजारमा ठुला रकम खर्चिएको चेल्सीले लिगको पहिलो खेलमा ब्राइटनमाथि सहज जित निकालेको हो । मंगलबार बिहान ब्राइटनको घरेलु मैदानमा चेल्सीले ३–१ को जित दर्ता गरेको हो । जोर्गिन्होले २३ औं मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा चेल्सी १–० ले अघि रहेपनि ५४ औं मिनेटमा ब्राइटनका लिआन्द्रोले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । ५६ औं मिनेटमा रिस जेम्स र ६६ औं मिनेटमा कुर्ट जोउमाले गोल गर्दै चेल्सीलाई ३–१ को जित दिलाएका हुन । प्रिमियर लिगकै अर्को खेलमा उल्भ्सले सेफिल्ड युनाइटेडलाई २–० गोलले हराएको छ ।