मेडिसिटीमा रातभरमै ३ लाखको बिल ! सयको मास्कलाई ५८४ लिइयो (भिडियोसहित)

मेडिसिटीमा रातभरमै ३ लाखको बिल  ! सयको मास्कलाई ५८४ लिइयो  (भिडियोसहित)

काठमाडौँ  - काठमाडौंको मेडिसिटी अस्पतालले एक रात राखेर उपचार गरेको तीन लाख रुपैयाँ असूलेर नेपालका निजी अस्पताल  भनेका कस्ता हुन् भन्ने असली परिचय दिएको छ । 

कोरोना  संक्रमण  नै नभएका अफताव आलम मिकरानीको रिपोर्ट पोजिटिभ आयो भन्दै मेडिसिटी अस्पतालले तीन लाख रुपैयाँ असूलेको छ । एक रातमा तीन लाख रुपैयाँ उठ्ने गरी के - के  चाहिँ उपचार गरियो होला  र यति धेरै पैशा उठ्यो ? यो घटनामै परेकाहरुले त बाध्य भएर पैशा तिरिसकेका छन् । तर सुन्नेहरुले भने अहिलेसम्म पत्याइसकेका  छैनन् कि निमोनियाका बिरामीको उपचार गर्न एक रातकै तीन लाख रुपैयाँ लाग्छ भन्ने कुरा ।

मेडिसिटीले तीन लाखको ‘बिजुली’ रौतहटका ४७ वर्षीय   अफताव आलम मिकरानीमाथि खसाएको हो । मिकरानी भदौ २३ मा  मेडिसिटी अस्पताल पुगेका थिए । सामान्य ज्वरो र सास फेर्न समस्या भएपछि उनी भदौ  १९ गते  कलंकीको नेशनल हस्पिटलमा भर्ना भएका थिए । त्यहाँ मिकरानीको अवस्थामा खासै सुधार नभएपछि उनका आफन्तहरुले राम्रो उपचार सुविधा भएको अस्पताल खोज्दै जाँदा मेडिसिटी अस्पताल  पुर्याएका थिए ।  

नेशनल हस्पिटलबाट आफैं उठेर हिँड्दै एम्बुलेन्स  चढेका मिकरानीलाई मेडिसिटी पुर्याइएपछि त्यहाँका चिकित्सकहरुले ‘बिरामीको अवस्था  गम्भीर छ, उहाँलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्छ’ भने । 

२३ गते साँझ मिकरानीलाई मेडिसिटीले भर्ना गर्यो । सोही रात  १२ बजे  मिकरानीका भाई मुन्नालाई अस्पतालले फोन गरेर  –तपाईका   दाईलाई कोरोना संक्रमण भएको छ । ’ भन्ने खबर दियो । 

 मेडिसिटी अस्पताल नन  कोभिड अस्पताल भएका कारण संक्रमित मिकरानीलाई त्यहाँ राखेर उपचार गर्न नमिल्ने भन्दै    अस्पतालले अन्त कतै लैजान भन्यो । भदौ २४ गते  बिहान  मिकरानीलाई अरु नै अस्पताल लैजाने तयारी भयो ।   मुन्ना पनि आफ्ना दाईलाई  लिन  मेडिसिटी पुगे ।  मेडिसिटीले बिरामी अस्पतालबाट निकाल्नु अघि बिल तिर्नुपर्छ भन्दै एक बिल थमायो । बिलमा  मुन्नाले  २ लाख ९७ हजार  ४३२ रुपैयाँ तिर्नु पर्ने देखियो । 

लाखौं बिल उठाउने गरी अस्पताले परीक्षणहरु रातरात भर नसुती गरेको देखिन्छ । यति गरेर अस्पताल बिल धेरै उठाउन त सफल भयो, तर निमोनिया पत्ता लगाउन सफल भएन । थप जानकारीका लागि भिडियो हेर्नुहोस् ।