क्याप्टेन विजय लामालाई कोरोना संक्रमण पुष्टि

क्याप्टेन विजय लामालाई कोरोना संक्रमण पुष्टि

काठमाडौँ  -  नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामालाई कोरोना संक्रमण पुष्टि भएको छ । लामाले स्टार अस्पतालमा स्वाब परीक्षण गर्दा सोमबार विहान रिर्पोट पोजेटिभ आएको बताएकाछन् । 

उनी अहिले सोल्टी होटलको आइसोलेसनमा छन् । उनीसँगै नेपाल वायुसेवा निगमको वाइडबडी जहाज उडाएका बेलायती क्याप्टेन उदय कोल्हात्करलाई संक्रमण पुष्टि भएको छ । दुवैले तीन दिनअघि शान्ति मिसनमा खटिएको नेपाली सेनाको टोलीलाई वाइडबडी जहाजबाट अफ्रिकी मुलुक दक्षिण सुडान लगेका थिए ।