फ्रान्सको लिग वन फुटबल प्रतियोगितामा डेढ मिनेटमा नेमारसहित पाँच खेलाडीलाई रेडकार्ड

फ्रान्सको लिग वन फुटबल प्रतियोगितामा डेढ मिनेटमा नेमारसहित पाँच खेलाडीलाई रेडकार्ड

काठमाडौँ  -  फ्रान्सको लिग वन फुटबल प्रतियोगिता अन्तर्गतको तेस्रो चरणको खेलमा रेफ्रीले डेढ मिनेटको अवधिमा पाँच खेलाडीलाई रेडकार्ड देखाएर मैदान बाहिर पठाएका छन् । चिरप्रतिद्वन्द्वी मार्सेली र पिएसजीबीचको खेलमा नेइमारसहित पाँच खेलाडीलाई रेडकार्ड देखाइएको हो ।

खेलको इन्जुरी समयको ९७ देखि ९९ मिनेटभित्र दुई टिमका खेलाडी आपसमा भिडेपछि रेफ्रीले अप्रिय निर्णय लिएका थिए । रेडकार्ड पाउने खेलाडीमा पिएसजीका तीन र मार्सेलीका दुईजना  छन् । खेलमा मार्सेलीले पीएसजीलाई १–० गोल अन्तरले हराएको छ ।