इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल, आर्सनल, क्रिस्टल र न्यूक्यासलले विजयी सुरुवात

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल, आर्सनल, क्रिस्टल र न्यूक्यासलले विजयी सुरुवात

काठमाडौँ  - इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल, आर्सनल, क्रिस्टल र न्यूक्यासलले विजयी सुरुवात गरेका छन् । गएराति भएको खेलमा लिड्स युनाइटेडलाई ४–३ गोल अन्तरले पराजित गर्दै साविक विजेता लिभरपुरलले सुखद सुरुवात गरेको छ ।

लिभरपुललाई जित दिलाउन सलाहले ह्याट्रिक गरेका थिए । अर्को खेलमा आर्सनलले फुलहमलाई ३–० गोल अन्तरले पराजित गरेको छ । यस्तै, क्रिष्टल प्यालेसले साउथ ह्याम्टनलाई १–० र न्युक्यासलले  वेष्ट ह्यामलाई २–० ले पराजित गरेका छन् ।