इङ्ल्याण्डविरुद्धको तीन म्याचको एक दिवसीय सिरिजमा अष्ट्रेलियाको अग्रता

इङ्ल्याण्डविरुद्धको तीन म्याचको एक दिवसीय सिरिजमा अष्ट्रेलियाको अग्रता

काठमाडौँ  - इङ्ल्याण्डविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा अष्ट्रेलिया विजयी भएको छ । म्यान्चेष्टरमा गएराति भएको खेलमा पाहुना टोली अष्ट्रेलिया १९ रनले विजयी भएको हो । तीन म्याचको एक दिवसीय सिरिजमा अष्ट्रेलियाले १–० ले अग्रता लिएको छ ।

२ सय ९५ रनको लक्ष्य पछ्याएको इङ्ल्याण्डले ९ विकेट गुमाएर २ सय ७५ रन मात्र बनाएको थियो । तीन खेलको सिरिज अन्तर्गतको दोस्रो एकदिवसीय क्रिकेट आइतबार हुनेछ । यस्तै अन्तिम तथा तेस्रो एक दिवसीय क्रिकेट बुधबार हुनेछ ।