नेपाली मजदूरको कथा बोकेको ‘विवशता’ सार्वजनिक (भिडियोसहित)

नेपाली मजदूरको कथा बोकेको ‘विवशता’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ - कोरोना कहरले नेपाली मजदूरलाई परेको पीडा समेटेर निर्माण गरिएको सर्ट मुभी ‘विवशता’ यूट्युबमा सार्वजनिक गरिएको छ । निर्माण संस्था माइ क्रियसनले आफ्नो यूट्युबमा यो सर्ट मुभी सार्वजनिक गरेको हो ।

विश्वमै आएको महामारीको चपेटा परेका नेपालजस्ता देशका लाखौँ श्रमिकलाई परेको पीडा ‘विवशतामा समेटिएको निर्माता मिङमा शेर्पाले जानकारी दिनुभयो  । मानिसहरू रोगले भन्दा पनि भोकले मर्ने स्तिथिलाई मुभीमा चित्रण गरेको उहाँको  भनाइ छ ।

श्रमिकलाई परेको यो कठिन अवस्थामा सरकार, प्रतिपक्ष र अघिपछि मजदूरका पक्षमा ठूला–ठूला नारा लगाउनेहरू कहाँ छन् भन्ने प्रश्न मुभीले उठाएको छ । संकटको वेला दुलोमा पसेका नेताहरू आगामी चुनावमा कसरी जनतासामु जालान् भन्ने जिज्ञासासमेत विवशताले राखेको छ । सर्ट मुभी विवशताको निर्देशन दुर्लव जन्तरेले गरेका हुन् ।   थप जानकारीका लागि पूरा भिडियो हेर्नुहोस् ।