क्रिकेट खेलाडीले पाए एक वर्षको तलब

क्रिकेट खेलाडीले पाए एक वर्षको तलब

काठमाडौँ - नेपाल क्रिकेट संघ (क्यान) ले सिनियर क्रिकेट खेलाडीको एक वर्षको तलब जम्मा गरिदिएको छ । 

क्यानका सचिव अशोकनाथ प्याकुरेलले विज्ञप्ति निकालेर २२ जना खेलाडीको सन् २०१९ को ग्रेडिङ लिस्ट अनुसार तलब निकासा गरिएको जनाएका छन् । 

यसपटक तीन ग्रेडमा रहेका सबै खेलाडीहरुको तलबमा १० प्रतिशतले वृद्धि भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले क्यानको प्रस्ताव अनुसार नै खेलाडीको तलब वृद्धि गरेको हो । 

अब ‘ए’ ग्रेडमा रहेका खेलाडीले मासिक ४५ हजार रुपैयाँको दरले तलब पाउने छन् । बी ग्रेडमा रहेकाले ३५ र ‘सी’ ग्रेडमा रहेकाले २५ हजार पाउने छन् । यसअघि नेपाली खेलाडीले सन् २०१७ र २०१८ को तलब २०१९ को फेब्रुअरीमा एकुमष्ट पाएका थिए ।