सेरेना विलियम्स युएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश

सेरेना विलियम्स युएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश

काठमाडौँ  - सेरेना विलियम्स युएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छिन् । गएराति सम्पन्न खेलमा विलियम्सले बुल्गेरियाकी स्टेभाना प्रिन्कोभालाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेकी हुन् । विलियम्सले स्टेभानालाई ४–६, ६–३ र ६–२ को सेटमा पराजित गरिन् । युएस ओपनको ६ पटककी च्याम्पियन अमेरिकी खेलाडी विलियम्स ३ वर्षपछि कोटमा फर्किएकी हुन् ।

क्वाटर्फाइनलमा ३२ वर्षीया स्टेभानालाई पराजित गरेकी ३८ वर्षीया विलियम्सले फाइनल प्रवेशका लागि कुनै समयकी विश्व नम्बर एक भिक्टोरिया अजारेन्का र १६ औँ वरियताकी बेल्जियन एलिस मर्टेन्सबीचको विजेतासँग खेल्नुपर्नेछ ।