सल्यानमा नेपाली सेनाका एक जवानमा कोरोना पुष्टि

सल्यानमा नेपाली सेनाका एक जवानमा कोरोना पुष्टि

काठमाडौँ  -   सल्यानमा नेपाली सेनाका एक जवानमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको खलंगास्थित लुहापिङ आइसोलेसनमा खटिएका नेपाली सेनाका एक जवानमा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपाली सेनाको सवुज गण सिमखर्कमा कार्यरत उक्त जवान लुहापिङमा आइसोलेसन निर्माणपश्चात कोरोना संक्रमितको सुरक्षार्थमा खटिएका थिए । योसँगै सल्यानमा कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको छ ।