‘इनफ इज इनफ’को शान्तिपूर्ण आन्दोलनमा कांग्रेस सभापति देउवाको ऐक्यवद्धता

‘इनफ इज इनफ’को शान्तिपूर्ण आन्दोलनमा कांग्रेस सभापति देउवाको ऐक्यवद्धता

काठमाडौँ   - कोभिड-१९ को सवल व्यवस्थापन र जनताको जीवन रक्षा गर्न माग गर्दै इनफ इज इनफ अभियानले सुरु गरेको सत्याग्रहका लागि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले ऐक्यबद्धता जनाउनुभएको छ । देउवाले ‘इनफ इज इनफ’ का अभियन्ता ‘ई’ लाई भेटेर स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।

उनले शनिबार ‘ई’ सत्याग्रहमा बसेको स्थल बसन्तपुर पुगेर उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् । उनले सत्याग्रही ‘ई’ ले अघि सारेका मागहरु सरकारले पूरा गर्नुपर्ने बताए । “हाम्रो पार्टीको, पूरा जनताको ऐक्यवद्धता छ,” सत्याग्रही ‘ई’ लाई भेटेपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, “मान्छे मर्न दिनुहुँदैन । ओली सरकारले तुरुन्त मानिस पठाएर उहाँ (ई) को माग पूरा गरेर उहाँलाई बचाउनुपर्छ ।”