प्रकाश सपुतको गीत बदला बरिलै सार्वजनिक (भिडियोसहित)

काठमाडौँ  -  गायक प्रकाश सपुत नयाँ गीत लिएर आएका छन् । देवी घर्तीको स्वरमा रहेको गीतमा प्रकाश सपुतको शब्द तथा संगीत छ । ‘बदला बरिलै’ बोलको गीतले बलात्कार बिरुद्ध आवाज उठाउने प्रयास गरेको छ ।

समाजका कतिपय प्रतिस्ठित व्यक्तिहरुबाटै छोेरीहरु बलाल्कृत भइरहेका घटनालाई चित्रित गरिएको गीतमा अन्नततः अपराधीसँग समाजले बदला लिएरै छोड्छ भन्ने सन्देश दिन खोजिएको छ ।  गीतको भिडियोमा नायिका केकी अधिकारी र ध्रुब कोइराला मुख्य भूमिकामा छन् । भिडियो निर्देशन प्रकाश सपुतले गरेका छन् ।