महान नेपाली आविष्कारक महावीरबारे थाहा नभएका रोचक कुराहरु (भिडियोसहित)

महान नेपाली आविष्कारक महावीरबारे थाहा नभएका रोचक कुराहरु  (भिडियोसहित)

काठमाडौँ - अमेरिकाको नेब्रास्का नाम गरेको राज्यमा रहेको नेब्रास्का विश्वविद्यालयबाट शिक्षामा स्नातकोत्तर डिग्री प्राप्त गरेपछि म्याग्दी जिल्लाका महाबीर पुन नेपालको शैक्षिक तथा आर्थिक विकासको लागि नमूना शिक्षा प्रदान गर्ने स्कूल स्थापना गर्ने साहस र महत्वाकांक्षी लक्ष्य लिएर नेपालको आफ्नै जन्म गाउँ नाङ्गी फर्किनु भएको थियो । जुन समय  महावीर पुनले नेपालमा इन्टरनेटको पहुँच सिमित व्यक्ति र संस्थामा मात्र थियो, त्योबेला उहाँले म्याग्दीका बाँदर लड्ने भीरमा इन्टरनेट चलाउन थालिसक्नु भएको थियो ।  महावीर पुन संसारभरका नेपालीमाझ एक नेपाली शिक्षक, युवा वैज्ञानिक, महान आविष्कारक तथा सामाजिक अभियन्ता भनेर चिनिनुहुन्छ ।

नेपालमा मर्कन्टाइल बाहेक अरु वेभसाइट नभएका बेला महावीरले बनाएको वेबसाइटका कारण उहाँका गाउँमा विदेशी स्वयंसेवकहरु घुम्न र काम गर्न ओइरिन्थे । उहाँले त्यसबेला गाउँमा टेलिफोन सेवासमेत नभएका बेला उहाँले विदेशी सहयोगीहरुको साथ लिएर नयाँ प्रबिधिबाट इन्टरनेट चलाउनु भएको थियो । यसै सन्दर्भमा रहेर महावीर पुनसँग योहो टेलिभिजनको अबको यात्रा कार्यक्रममा गरिएको रोचक कुराकानी । थप जानकारीका लागि तलको पूरा भिडियो हेर्नुहोस् ।