गाईजात्रा २०७७ बिशेष : एकदुमे र काकुको बेजोड हाँस्यव्यंग्य प्रस्तुति (भिडियोसहित)

गाईजात्रा २०७७ बिशेष  :  एकदुमे  र काकुको बेजोड हाँस्यव्यंग्य प्रस्तुति  (भिडियोसहित)

काठमाडौँ - गाईजात्रा पर्व नजिकिएसँगै हास्यव्यंग्य क्षेत्रका कलाकार व्यस्त देखिन थालेका छन् । समसामयिक विषयमा व्यंग्य प्रहार गर्दै आयोजना गरिने गाईजात्रा कार्यक्रमका लागि हास्यकलाकारहरू तयारीमा जुटेका हुन् । 

कलाकारहरूको यो वर्षको तयारी भने विगतका वर्षभन्दा भिन्न रहेको छ । कोरोना महामारीका कारण हास्यकलाकारहरूले दर्शकहरूसँग प्रत्यक्ष कार्यक्रम गर्न पाउने छैनन् । त्यसैले हास्यकलाकारहरू यतिबेला कुन - कुन डिजिटल प्लेटफर्म मार्फत आफ्ना कार्यक्रम प्रसारण गर्ने भन्ने तयारीमा छन् ।

 

देशका विभिन्न ठाउँमा पुगेर तथा काठमाडौँका विभिन्न स्थानमा प्रत्यक्ष कार्यक्रमको आयोजना गरी समसामयिक विषयमा व्यंग्य प्रहार गर्दै आएका हास्यकलाकार सुबोध गौतम (एकदुमे) र दिपक आचार्य (काकु) सँग गाईजात्रा बिशेषमा रहेर योहो टेलिभिजनको बिशेष सन्दर्भ कार्यक्रममा  गरिएको रोचक कुराकानी । थप जानकारीका लागि पूरा अन्तर्वार्ता हेर्नुहोस् ।