राखेपका सदस्य–सचिवको शपथ आज ३ बजे

राखेपका सदस्य–सचिवको शपथ  आज ३ बजे

काठमाडौँ – राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त सदस्य–सचिव तथा उपाध्यक्षको शपथ ग्रहण कार्यक्रम आज ३ बजे हुने भएको छ । युवा तथा खेलकुद मन्त्रालयमा पुगेर नवनियुक्त सदस्य–सचिव रमेशकुमार सिलवाल र उपाध्यक्ष शिव कोइरालाले आज शपथ ग्रहण गर्ने भएका हुन् ।

राष्ट्रिय खेलुद विकास ऐन आएपछि सिलवाललगायत कार्यसमितिले पद त्यागेका थिए । युवा तथा खेलकुद मन्त्रालयले खुला आवेदन आह्वान गरेको थियो ।

त्यसपछि सदस्य–सचिव छनोट समितिले तीनजनाको नाम खेलकुद मन्त्रालयमा पेस गरेको थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सिलवाललाई सदस्य–सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।