दैलेख जीप दुर्घटना अपडेट ४ को मृत्यु, ४ घाइते

दैलेख जीप दुर्घटना अपडेट ४ को मृत्यु, ४ घाइते

दैलेख –  दैलेखमा बुधबार बिहान जीप दुर्घटना हुँदा थप दुई जनाएको ज्यान गएको छ । सुर्खेतबाट दैलेखको ठाँटिकाँध जाँदै गरेको लु २ च २२०७ नम्बरको जीप ठाँटिकाँध गाउँपालिका ३ मा दुर्घटना हुँदा ठाटीकाँध गाउँपालिका - १ का ३० वर्षीय निर्मल बम, वडा नम्बर - २ का जीप चालक रमेश शाही, वडा नम्बर - ४ की रत्ना शाही र राजेन्द्रबहादुर शाहीको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिनुभयो । 

बास्कोटाका अनुसार दुई जनाको घटनास्थलमै र दुई जनाको उपचारको लागि सुर्खेत लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो । निजी जीप ठााटिकाँध पुग्नुभन्दा करिब दुई किलोमिटर बाँकी छँदा आज बिहान ८ बजे दुर्घटना भएको हो । 

जीप कच्ची सडकबाट करिब २ सय मिटर तल भीरमा खसेको छ । दुर्घटनामा घाइते भएका चारै जनाको अवस्था गम्भीर छ । उनीहरुलाई उपचारका लागि सुर्खेत पठाइएको छ ।