प्रचण्डको अध्यक्षतामा बसेको बहुमत सदस्यको बैठकमा चार नेता अनुपस्थित

प्रचण्डको अध्यक्षतामा बसेको बहुमत सदस्यको बैठकमा चार नेता अनुपस्थित

काठमाडौँ  -  कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बालुवाटारमा बसेको नेकपा बहुमत स्थायी कमिटी सदस्यहरुको बैठकमा पुर्वमाओवादी केन्द्रका चार सदस्य अनुपस्थित रहेका छन् ।

बालुवाटारमा मंगलबार बसेको बैठकमा पूर्वमाओवादी तर्फका गृहमन्त्री रामबहादुर थापा, टोपबहादुर रायमाझी, मणि थापा र लेखराज भट्ट सहभागी नभएको एक नेताले जानकारी दिए । नेकपाको ४४ सदस्यीय स्थायी कमिटीमा पुर्व माओवादीतर्फका १८ जना सदस्य छन् । तीमध्ये मंगलबारको बैठकमा ४ जना अनुपस्थित रहेका हुन् ।