दैलेखमा जीप दुर्घटना, २ को मृत्यु

दैलेखमा जीप दुर्घटना, २ को मृत्यु

दैलेख –  दैलेखको ठाटीकाँध गाउँपालिकामा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् । सुर्खेतबाट ठाटीकाँध गाउँपालिका–३ बहाँकोटतर्फ जाँदै गरेको भे १ च २२०७ नंम्बरको जीप दुर्घटना हुँदा ठाटीकाँध गाउँपालिका–३ का ४७ वर्षीय राजेन्द्रबहादुर शाही र वडा नं १ का ३० वर्षीय निर्मल बमको मृत्यु भएको ठाटीकाँध गाउँपालिका–३ का वडा सदस्य कर्णबहादुर बोगटीले जानकारी दिनुभयो । 

 

दुर्घटनामा घाइते ६ जनाको अवस्था गम्भीर रहेको बताइए पनि नाम र ठेगाना खुलेको छैन । दुर्घटना लगत्तै प्रहरी, जनप्रतिनिधि र स्थानीयको सहयोगमा घाइतेको उद्धार गुिरएको थियो ।