बुटवलमा भोलि राति १२ बजेदेखि लकडाउन

बुटवलमा भोलि राति १२ बजेदेखि लकडाउन

काठमाडौँ  -  समुदाय स्तरमा कोरोना भाईरसको संक्रमण तीव्र हुँदै गएपछि उपमहानगरपालिकाले भोली २९ साउन मध्यरातदेखि ५ भदौसम्मका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।  यसअघि लकडाउन खुलेसँगै बजारमा मानिसको भिडभाड र चहलपहल बढेको, सामान्य सतर्कता पनि अपनाउन छाडेपछि उपमहानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको हो । 

बुटवलमा रहेकालाई बाहिर जान र बुटवल आउनका लागि बिहीबार राति १२ बजेसम्म समय दिएर भदौ ५ गतेसम्मका लागि पूर्ण रूपमा लकडाउन गर्ने निर्णय भएको छ,’ आचार्यले भनिन् । लकडाउनका क्रममा अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिने बताइएको छ । उपमहानगरले गत साताबाटै हाटबजार लगायतका भिडभाड हुने क्षेत्र बन्द गर्ने निर्णय गरेको थियो ।