देशभर कोरोना जोखिम बढेपछि सूचना विभागले रोक्यो प्रेस पास सेवा

देशभर कोरोना जोखिम बढेपछि सूचना विभागले रोक्यो प्रेस पास सेवा

काठमाडौँ  - देशभर कोरोना संक्रमितको संख्या बढेसँगै सुचना विभागले पत्रकारहरूको नयाँ प्रेस प्रतिनिधि प्रमाणपत्र जारी र नवीकरणका काम पास वितरण कार्य अनिश्‍चितकालका लागि स्थगित गरेको छ ।

अनलाइन सञ्चारमाध्यमतर्फ नयाँ र पुन: दर्ता तथा नवीकरण र प्रसारणतर्फको सेवा प्रवाह गर्दा व्यक्ति स्वयम् विभागमा उपस्थित हुनुपर्ने भएकोले विभागको उपरोक्त सेवा अनलाइन, भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न तत्काल सम्भव नहुनाले सेवा स्थगित गर्नुपरेको विभागले जानकारी दिएको छ ।  कोरोना संकट चुलिँदै गर्दा विभागमा प्रेस पास लिन तथा अन्य कामका लागि पत्रकारहरुको लाइन नै लाग्ने गरेको थियो ।