कारोबार रकम घटेको बजारमा नेप्से भने झिनो अंकले बढ्यो

कारोबार रकम घटेको बजारमा नेप्से भने झिनो अंकले बढ्यो

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक साताको चौथो दिन आज झिनो अंकले बढेको छ । आज नेप्से १ दशमलव ५१ अंकले बढेर १ हजार ४२५ दशमलव ३२ विन्दुमा कायम भएको हो ।

आज ९५ करोड १९ लाख ६० हजार २०८ को कारोबार भएको छ । कुल १ सय ८८ कम्पनीको कारोबार भएको बजारमा आज ९५ करोड १९ लाखको मात्रै सेयर किनबेच भएको हो । दिनभरिमा २० हजार ७ सय १९ पटकको खरिदबिक्री हुँदा ३० लाख ३२ हजार कित्ता शेयर बिक्री भएको नेप्सेले जनाएको छ ।

कुल १२ समूहको कारोबार भएकोमा आज ६ समूह बढेका छन भने ६ समूहहरु घटेका छन् ।  आज सबैभन्दा बढी युनाइटेड इन्स्योरेन्सको ६ करोड २० लाखको कारोबार भएको छ । आजको कारोबारमा साधना लघुवित्त वित्तीय संस्थाका सेयरधनीले सर्वाधिक ९ दशमलव ८९ प्रतिशतले कमाएका छन् ।