धनुषामा करेन्ट लागेर ४५ वर्षीय विकको मृत्यु

धनुषामा करेन्ट लागेर ४५ वर्षीय विकको मृत्यु

काठमाडौँ  -  धनुषाको गणेशमान चारनाथ नगरपालिका - २ राधापुरस्थित एक घरमा फर्निचरको काम गर्ने क्रममा करेन्ट लागेर महोत्तरी भंगा नगरपालिका - ७ बस्ने ४५ वर्षीय अमृत नारायण विकको बुधबार दिउँसो मृत्यु भएको छ ।

करेन्ट लागेर अशक्त भएका अमृतको उपचारको लागि स्थानीय मेडिकलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।