पाटन अस्पतालमा थप दुई जना कोरोना संक्रमित मृत्यु

पाटन अस्पतालमा  थप दुई जना कोरोना संक्रमित मृत्यु

काठमाडौँ – पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित थप दुई जनाको मृत्यु भएको छ । ४१ वर्षीय महिला र ४५ वर्षीय पुरूषको शुक्रबार बिहान मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माले जानकारी दिनुभयो ।

सुनौली घर भएकी मृतक महिलालाई पाठेघरको क्यान्सर रहेको डा. शर्माले जानकारी दिनुभयो । उनको शुक्रबार बिहान ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । यस्तै सर्लाही घर भएका पुरूषको बिहान साढे नौं बजे मृत्यु भएको थियो । डा। शर्माका अनुसार उनलाई कुकुरले समेत टोकेको थियो । कोरोना पोजेटिभ देखिएपछि उनीहरूलाई आइसोलेसनमा राखेर उपचार भइरहेको थियो ।

बिहीबार साँझ पनि अस्पतालमा वीरगन्जका ४५ वर्षीय संक्रमित पुरूषको उपचारको क्रममा मृत्यु भएको थियो। उनलाई स्टार अस्पतालबाट रिफर गरिएको थियो।मृतक पुरुषमा मधुमेह र रक्तचापको समस्या रहेको बताए । स्टार अस्पतालमै हुँदा उनलाई कोरोना पोजेटिभ देखिएको थियो।